निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु
मङ्गलबार, १३ फागुन २०८१, १४ : १२
सोल । दक्षिण कोरियामा एउटा निर्माणाधीन पुल खस्दा चार जनाको मृत्यु भएको छ । यस घटनामा अरू ६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
चिओनान सहर नजिक रहेको उक्त ठाउँमा १० जना काम गरिरहेका थिए । पुल खस्दा दसैँ जना खसेको र भग्नावशेषमा फसेको नेशनल फायर एजेन्सीले भनेको छ । एक जना भग्नावशेषमै मृत भेटिएका थिए ।
घाइते भएका अरू ८ जनालाई अस्पताल लगिएको थियो । यी मध्ये अरू २ जना पनि मृत घोषित गरियो । १० औँ कामदार भने घण्टौँसम्म बेपत्ता रहेको तर मृत भेटिएको अधिकारीहरूले भनेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ । पुल किन खस्यो भन्ने तत्कालै थाहा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण