पाँच मिनेटमै चोरी भयो ४८ लाख पाउण्ड पर्ने सुनको कमोड
लन्डन । बेलायतको ब्लेनहाइम दरबारबाट चोरहरूले पाँच मिनेटमै ४८ लाख पाउण्ड मूल्य पर्ने सुनको कमोड चोरेका छन् । अदालतमा भएको सुनुवाइको क्रममा चोरहरूले पाँच मिनेटमा यो चोरी गरेको कुरा बाहिर आएको छ ।
२०१९ को सेप्टेम्बरमा अक्सफोर्डशायरको भव्य घरमा कला प्रदर्शनीको हिस्साको रूपमा उक्त कमोड जडान गरिएको थियो । सुनै सुनले बनेको यो कमोड पूर्ण रूपमा काम गरिरहेको थियो । अक्सफोर्डका ३९ वर्षीय माइकल जोन्समाथि उक्त कमोड चोरेको आरोप लागेको थियो ।
जोन्सले आफूमाथि लागेको चोरीको आरोप अस्वीकार गरेका छन् । विण्डसरका ३६ वर्षीय फ्रेड डो र पश्चिम लण्डनकी ४१ वर्षीया बोरा गुक्कुकले आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्रको रहेको आरोप अस्वीकार गरेका छन् । यो मुद्दाको सुनुवाइ अक्सफोर्ड क्राउन कोर्टमा भएको थियो । अदालतमा कमोड सम्भवतः बिग्रिएको र कहिल्यै मर्मत नगरिएको खुलासा भएको छ । २०१९ को सेप्टेम्बर १४ को बिहान दुईवटा गाडीमा पाँच जनाको गिरोह ब्लेनहाइम दरबारमा प्रवेश गरेको अभियोजक जुलियन क्रिस्टोफर केसीले अदालतलाई बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण