अन्तरिक्षमा यसरी प्यान्ट लगाउँछन् अन्तरिक्षयात्री
वासिङटन डीसी । अन्तरिक्षमा लुगा लगाउने तरिका फरक हुन्छ । फेब्रुअरी २१ मा पोस्ट गरिएको एउटा रोचक भिडियोमा नासाका रासायनिक इन्जिनियर डोन पेटिटले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा आफूले कसरी प्यान्ट लगाउँछु भनेर देखाउँदै भिडियो हालेका थिए । भिडियोमा, पेटिटले रमाइलो तरिकाले हावामा आफ्नो तैरिरहेको प्यान्ट लगाइरहेको देखिए ।
पेटिटले भिडियोको क्याप्सन ‘एकै पटकमा दुई खुट्टा’ राखेका छन् । भिडियोमा, पेटिटको ट्राउजर अन्तरिक्ष स्टेशनमा तैरिरहेको देख्न सकिन्छ । उनीमाथिबाट बिस्तारै तल आउँछन् र सतहमा टेकेपछि उफ्रिएर आफ्ना दुवै खुट्टा एकैसाथ प्यान्टभित्र घुसाउँछन् ।
यो रमाइलो भिडियोले मानिसहरूको ध्यान खिचिरहेको छ । यसमा रमाइला–रमाइला कमेन्ट पनि आइरहेका छन् । ‘मलाई लागेको थियो कि पहिला सिधै प्यान्टभित्रै घुस्नुहुनेछ । हाहा... यसलाई गरिहेर्न रमाइलो होला जस्तो छ,’ एक प्रयोगकर्ताले लेखेका छन् । ‘मलाई चाहिने वास्तविक सामग्री यही हो । मैले यसलाई पृथ्वीमा रिक्रिएट गर्ने प्रयास गरेँ । तर यो राम्रो भएन,’ अर्का एक जनाले ठट्टा गर्दै भनेका छन् । एक जनाले भने ओहो निकै राम्रो भनेर कमेन्ट गरेका छन् । अर्का एक जनाले भने भिडियोको ब्याकग्राउन्डमा स्पेश ओडिसी २००१ को थीम बजाउनबाट चुकेको भनेका थिए ।
को हुन् डन पेटिट ?
डन पेटिट एक अमेरिकी अन्तरिक्ष यात्री, रासायनिक इन्जिनियर र आविष्कारक हुन् । नासासँगको गरेको कामका लागि उनी बढी चिनिन्छन् । एरिजोना विश्वविद्यालयबाट रासायनिक इन्जिनियरिङमा विद्यावारिधि गरेका पेटिटले अन्तरिक्षमा निकै समय बिताएका छन् । आईएसएसको अभियान र अन्तरिक्ष यान मिसन सहित उनी धेरै अन्तरिक्ष मिसनमा सहभागी भएका छन् ।
पहिलो पटक उनी २००२ मा अन्तरिक्ष शटल एन्डेभर (एसटीएस–११३)मा चढेर आइएसएस पुगेका थिए । यतिबेला उनी पाँच महिनाभन्दा बढी समय आइएसएसमा बसेका थिए । त्यसपछि २००८, २०११ मा पनि उनी अन्तरिक्ष गएका थिए । यी मिशनमा उनी ३७० दिनभन्दा धेरै अन्तरिक्षमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण