नेप्सेमा आज पनि पुनर्बीमा कम्पनीकै दबदबा, कारोबार रकम घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज सामान्य अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंकमा पुगेको हो ।
आज बजारमा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनभन्दा कम हो । अघिल्लो दिन १० अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बजार बढ्नुमा पनि पुनर्बीमा कम्पनीको सेयर मूल्यमा देखिएको कारोबार मुख्य रहेको देखिन्छ । अन्य समूह अन्तर्गत रहेको नेपाल पुनर्बीमा कम्पनी प्रतिकित्ता ७७ रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनी ३५ रुपैयाँले बढ्दा बजारमा बढेको हो ।
आज बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ ।
पुनर्बीमा कम्पनीको मूल्यकै कारण आज अन्य समूह सबैभन्दा बढी अर्थात् २.९० प्रतिशतले बढ्यो । व्यापारमूलक कम्पनी २.५१ प्रतिशतले घट्यो भने बाँकी समूहमध्ये ५ सूचकमा सामान्य वृद्धि र ६ सूचकमा सामान्य गिरावटको अवस्था रह्यो ।
बजारमा आज कारोबार रकम र संख्याको आधारमा हिमालयन रिइस्योरेन्स कम्पनी अगाडि रहँदा कारोबार भएको शेयर संख्याका आधारमा एचआईडीसीएल सबैभन्दा अग्र स्थानमा रहेको देखिएको छ ।
बजारमा आज गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किटसहित १० प्रतिशतको मूल्य वृद्धि हुँदा विन नेपालको लघुवित्तको ८.९७ प्रतिशत गिरावटसहित सबैभन्दा धेरै वृद्धि र गिरावट हुने कम्पनी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण