पुटिनले अमेरिकालाई दिने भए रुस र युक्रेनी दुर्लभ खनिज
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र रुसको कब्जामा रहेको युक्रेनी भूभागमा रहेको दुर्लभ खनिजमाथि अमेरिकालाई पहुँच खुलाउने प्रस्ताव गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि बारम्बार आर्थिक सहायताको बदलामा उसको दुर्लभ खनिज दिन दबाब दिइरहेका थिए । योसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने तयारी भइरहेको हालै युक्रेनी मन्त्रीले भनेका पनि थिए ।
यसैबिच सोमबार सरकारी टिभीलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिकी पार्टनरलाई संयुक्त परियोजनामा दुर्लभ खनिज चलाउन दिन आफू तयार रहेको बताएका थिए । यसमा रुसले कब्जा गरेका पूर्वी युक्रेनका केही भूभाग पनि छन् ।
यसलाई दुई देशले आल्मुनियम उत्खनन र अमेरिकामा यी वस्तुको मूल्य स्थिर बनाउन आपूर्तिमा गर्न लागेको सहकार्यका रूपमा हेर्न थालिएको छ । अन्तरवार्तामा पुटिनले अमेरिका र युक्रेनबिच दुर्लभ धातुसम्बन्धी सम्झौता चिन्ताको विषय नभएको र रुससँग युक्रेनसँग भन्दा यी धातु धेरै भएकोमा बताएका थिए ।
नयाँ भूभागको हकमा पनि यही कुरा लागू हुने र यहाँ विदेशी साझेदारसँग मिलेर काम गर्न आफू तयार रहेको प नि उनले बताए । रुस र अमेरिकाले साइबेरियाको क्रास्नोयास्र्कमा आल्मुनियम उत्पादनमा काम गर्न सक्ने पनि उनले संकेत गरेका ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण