रोनाल्डोको गोल वर्षा जारी
बुधबार, १४ फागुन २०८१, ०९ : ३१
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल नासरले साउदी प्रो लिगमा अल वेहदालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा अल नासर २–० गोलले विजयी बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको सुरुवातमा रोनाल्डोले टोलीलाई अग्रता दिलाए । सब्सिटिट्युट एन्जोलोको पासमा रोनाल्डोले हेडरमार्फत शानदार गोल गरे । पोर्चुगिस स्ट्राइकरको लिगमा यो सिजन १७ औँ गोल थियो ।
खेलको इन्जुरी समयमा साडियो मानेले पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितपछि अल नासर लिगको तेस्रो स्थानमा रहेको छ । २२ खेलपछि टोलीको ४७ अंक छ ।
दोस्रो स्थानमा रहेको अल हिलालको समान खेलपछि ५१ अंक रहेको छ । शीर्ष स्थानमा भने अल इतिहाद रहेको छ । एक खेल कम खेलेको इतिहादले ५५ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण