बत्ती जाँदा चिलीमा आपतकाल
स्यान्टियागो । मंगलबार चिलीमा अचानक बिजुली आपूर्ति बन्द हुँदा जनजीवन ठप्प भयो । रातिको समयमा देशका अधिकांश भागहरू अन्धकारमा डुबे । ट्राफिक नराम्ररी प्रभावित भयो र इन्टरनेट सेवा नै बन्द भयो ।
इन्टरनेट नहुँदा व्यवसाय र दैनिक जीवन पनि ठप्प भए । अधिकारीहरूले बिजुली पुनस्र्थापित गर्ने प्रयास गरिरहेको बताइएको छ । परिस्थितिलाई ध्यानमा राख्दै, चिली सरकारले आपतकाल लगाएको छ भने राती कफ्र्यू लगाएको छ ।
चिली विश्वको सबैभन्दा ठूलो तामा उत्पादक देश पनि हो । बिजुली अवरुद्ध हुँदा खानीको काम रोकिएको छ । बिजुलीबाट चल्ने पम्पहरू नचल्दा कयौं क्षेत्रका पानीको अभाव भएको गुनासो आइरहेका छन् ।
आपतकालीन जेनेरेटरको सहयोगमा अस्पताल र सरकारी कार्यालयहरू सञ्चालनमा राख्न प्रयास भइरहेको छ । विद्युत आपूर्ति बन्द हुनुको कारण अझै पत्ता नलागेकाले अवस्था झनै खराब हुन सक्ने चेतावनी चिलीका आन्तरिक मन्त्री क्यारोलिना टोहाले दिएकी छिन् ।
स्थिति नियन्त्रणमा लिन सडकमा सेना
अवस्था यति खराब भएको छ कि चिली सरकारले अन्धकारमा डुबेका क्षेत्रहरूमा मानिसहरूको सुरक्षार्थ सेना तैनाथ गरेको छ । अँध्यारो सडकहरूमा सुरक्षाकर्मीहरूले ट्राफिक व्यवस्थापन गरिरहेका छन् ।
व्यवसाय, चलचित्र थिएटरहरू बन्द भएका छन् भने सबै सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम सबै रद्द गरिएका छन् । बिजुली नुहँदा हवाई यातायात पनि नराम्रोसँग प्रभावित भएको छ र धेरै उडानहरू रद्द गरिएका छन् । सरकारले मानिसहरूलाई घर भित्रै बस्न अपील गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण