देशका यी सात स्थानको वायु प्रदूषित
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका सात स्थानको वायु प्रदूषित बनेको छ । वातावरण विभागको बुधबार दिउँसो २ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाको चारसहित देशका सात स्थान अस्वस्थकर छन् ।
उपत्यकाको शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर र कैलालीको धनगढीको वायु अस्वस्थकरको सूचीमा छ । यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ११४ देखि १८१ पुगेको छ ।
उपत्यकाको शंखपार्क एक्यूआई १५७, खुमलटारको एक्यूआई ११४, भैँसेपाटीको एक्यूआई १८१ र भक्तपुरको एक्यूआई ११४ रहेको छ । यस्तै, धनगढीको एक्यूआई १५०, भरतपुरको एक्यूआई १५१ र धुलिखेलको एक्यूआई ११७ रहेको विभागको तथ्याङ्क छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण