केन्या, नेदरल्यान्ड्स र अमेरिकाको ऐतिहासिक उपस्थिति
बिहीबार, १५ फागुन २०८१, १२ : ५६
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेस्ट खेल्ने मान्यता नपाएका तीनवटा राष्ट्रले मात्र हालसम्म च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउने अवसर पाएका छन् । यी तीन भाग्यमानी राष्ट्र केन्या, नेदरल्यान्ड्स र अमेरिका हुन् ।
अफ्रिका राष्ट्र केन्याले सन् २००० मा च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण खेलेको थियो । त्यो संस्करणको आयोजना नै केन्याले गरेको थियो । केन्याको टोलीले सन् २००२ मा आयोजित तेस्रो संस्करण पनि खेलेको थियो । तेस्रो संस्करणमा नेदरल्यान्ड्स पनि सहभागी थियो ।
यसैगरी, केन्याले सन् २००४ मा सम्पन्न च्याम्पियन्स ट्रफीको चौथो संस्करणमा पनि सहभागिता जनाएको थियो । च्याम्पियन्स ट्रफीमा केन्याको यो तेस्रो सहभागिता थियो । चौथो संस्करणमा केन्याका अतिरिक्त अमेरिकाले पनि सहभागिता जनाउने अवसर पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण