एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएर देश छाड्ने तयारीमा फखर जमान !
काठमाडौँ । पाकिस्तानका चर्चित क्रिकेटर फखर जमानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर देश छाड्ने तयारी अगाडि बढाएका छन् । पाकिस्तानी सञ्चारमाध्यका अनुसार, यसका लागि उनले पाकिस्तानी क्रिकेट अधिकारी र परिवारका सदस्यसँग छलफल पनि गरिसकेका छन् ।
उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर देश छाड्ने योजनामा रहेको दाबी समाचारमा गरिएको छ । घाइते भएका कारण उनले घरेलु मैदानमै जारी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पनि एक खेलमात्र खेले । पाकिस्तानी टोली पनि च्याम्पियन्स ट्रफीबाट बाहिरिइसकेको छ ।
जारी च्याम्पियन्स ट्रफी पाकिस्तानी टोलीको निराशाजनक प्रदर्शनपछि उनले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने योजना बनाएको बताइएको छ । समाचारमा जनाइए अनुसार, उनी सन्न्यास घोषणा गर्ने उपयुक्त अवसरको प्रतिक्षामा छन् ।
उनले जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डविरुद्धको खेल खेलेका थिए । उक्त खेलमा उनले २४ रन बनाएका थिए । त्यसपछि घाइते भएर उनी प्रतियोगिताबाट बाहिरिएका थिए । उनी सन्न्यासपछि देश छाडेर कहाँ जान्छन् भन्ने विषयमा समाचारमा केही उल्लेख गरिएको छैन ।
३४ वर्षीय फखर जमानले पाकिस्तानका लागि तीनवटै ढाँचाको क्रिकेट खेलेका छन् । उनले तीन टेस्टमा कुल एक सय ९२ रन बनाएका छन् । उनले ८६ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल तीन हजार ६ सय ५१ रन बटुलेका छन् ।
एकदिवसीय क्रिकेटमा उनले ११ शतक र १७ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित दुई सय १० रन हो । यसका अतिरिक्त उनले ९२ टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार आठ सय ४८ रन बनाएका छन् ।
उनले हालै सञ्चारकर्मीसँग कुरा गर्दै च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम एकदिवसीय प्रतियोगिता हुने पनि बताएका थिए । स्वास्थ्य सम्बन्धी समस्याका कारण पनि उनले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिन खोजेको अनुमान गरिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने फखर जमानलाई तत्काल एकदिवसीय क्रिकेटबाट सन्न्यास नलिन सुझाव दिएको छ । पीसीबीका केही बरिष्ठ अधिकारीहरुले उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न सुझाव दिएको पनि समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण