सहजीकरण गरिदिन कोशीका सांसदहरूलाई गृहमन्त्रीको आग्रह
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादबारे गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् । बिहीबार गृहमन्त्रीले कोशी प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका हुन् ।
फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले माघ १२ मा गोली चलाएको थियो । गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए । त्यसपछि पनि लगातार झडप भइरहेको छ ।
गृहमन्त्री लेखकले पाथीभरा क्षेत्रको विवादलाई उग्र बनाउनु नहुने बताएका छन् । बिहीबारको छलफलमा सांसदहरूसँग उनले भने, ‘यसलाई उग्र बनाउनु हुँदैन शान्तिपूर्ण हिसाबले अगाडि बढाऔँ ।’
सांसदहरूलाई उनले स्थानीय स्तरमा गम्भीर रूपमा सहजीकरण गरिदिन आग्रह गरेका छन् । छलफलमा कोशीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १९ जना सांसदहरु सहभागी थिए ।
फागुन १२ मा भएको झडपपछि सरकारी वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले पुनः वार्तामा आउन आन्दोलनरत पक्षलाई आह्वान गरेका थिए । तर, आन्दोलनरत पक्ष वार्तामा आएका छैनन् ।
छलफलमा सहभागी सांसदहरूले केबलकारको विषय २०७५ देखि नै उठेको तर, अहिले नियन्त्रण बाहिर जान लागेको बताएका छन् । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना अधिकृतका अनुसार सांसदहरूले पाथीभरा क्षेत्रको विवादलाई बढाउन राजनीतिक स्वार्थ पुरा गर्ने तत्त्वहरू लागेका बताएका छन् । पहिले सबैलाई केबुलकार चाहिएको भएपनि अहिले राजनीतिक स्वार्थपुरा गर्ने तत्त्वहरू लागेको उनीहरूको भनाइ छ ।
छलफलपछि गृहमन्त्री लेखकले सामाजिक सञ्जालमा लेखेको छन्, ‘कोशी प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननीय ज्यूहरूबाट सुझाव प्राप्त भयो । सबै मिलेर शान्तिपूर्ण समाधान निकाल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण