नारायण गोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ : वसन्त चौधरी
काठमाडौँ । मदन पुरस्कार विजेता लेखक ध्रुवचन्द्र गौतम धेरै पटक आफ्ना अनुभव साट्न स्टेज चढेका छन् । उनले धेरै कार्यक्रममा अरूका प्रश्नका उत्तरहरू दिएका छन् ।
तर, शुक्रबार ‘काठमाडौँ उत्सव’को पहिलो दिन उनी कार्यक्रममा प्रश्नकर्ताका रूपमा प्रस्तुत भए । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा उनका प्रश्नहरूको सामना गर्ने अतिथि थिए, व्यवसायी तथा लेखक वसन्त चौधरी ।
चर्चित भारतीय गायक गायिका कैलाश खेर, श्रेया घोषाल गीतकारको परिचय बनाएका चौधरीबिचको कुराकानी पनि संगीतबाटै सुरु भयो । गौतमले नारायण गोपालसँगको अन्तिम भेटको स्मरण गर्दै सोधे, तपाईंका गीतहरु नेपाल र भारतका धेरै चर्चित गायक गायिकाले गाएका छन् । नारायण गोपाललाई गीत गाउन दिन मन लागेन ? जवाफमा चौधरीले भने, मैले नारायण गोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ । ठट्टा गर्न माहिर लेखक गौतमले थपे, तपाईंसँग नारायण गोपालले गीत माग्नु भएन ।
छलफल वक्ता चौधरीको साहित्यिक लेखनको सेरोफेरोमा केन्द्रित रह्यो। चौधरीले भने, ‘मलाई व्यवसायभन्दा सधैँ कला साहित्यले तानिरह्यो । मेरा गीत कविता सुनेर दर्शक स्रोताले दिने प्रतिक्रियाले मलाई अरू सबै कुराले भन्दा बढी ऐश्वर्य दिन्छ ।’
पत्रिका प्रकाशनमा समेत समय र पैसा लगानी गरेका व्यवसायी चौधरीले पत्रकारितामा पनि आफूलाई विशेष लगाव भएको बताए । व्यवसाय, पत्रकारिताबाहेक साहित्यका गीत कवितालगायत विधामा कलम चलाएका चौधरीलाई गौतमले सोधे, तपाईँले लेखनका धेरै विधालाई छुनु भएको छ, यसमा कुन चाहिँ नजिक छ ? चौधरीले भने, ‘सबैभन्दा नजिक कविता नै हो ।’
कवितालाई सबैभन्दा प्रिय भने पनि कार्यक्रमकै दौरानमा पहिलो पटक चौधरीले आफूले लेखिरहेको नयाँ उपन्यासको नाम सार्वजनिक गरे, देवयानी । उनले उपन्यास एक जना साथीको वास्तविक कथामै आधारित भएको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण