मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय डोरी तान प्रतियोगितामा पुलिस च्याम्पियन

आइतबार, १८ फागुन २०८१, ०९ : ४८
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । दुवै समूहको फाइनल खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको टोलीलाई हराएको हो । 

प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको विजेताको पुरस्कार राशी एक लाख रुपैयाँ र महिला ५८० केजी तौल समूहको विजेता पुरस्कार राशी ६० हजार रुपैयाँ रहेको थियो । 

उपविजेता बनेको नेपाली सेनाले पुरुष ६४० केजीतर्फ ५० हजार र महिला ५८० केजी तौल समूहतर्फ ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहमा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको थियो । 

महिला ५८० केजी तौल समूहमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्विनी पाँच प्रदेश तथा तीन विभागीय टोली सहभागी थिए । प्रतियोगिता अन्तर्राष्ट्रिय डोरी तान महासंघको नियमानुसार लिग फम्र्याटमा खेलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप