बैंगलुरुको लगातार हार, प्लेअफमा पुग्यो दिल्ली
बैंगलुरु । साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुलाई हराउँदै दिल्ली क्यापिटल्सले महिला प्रिमियर लिगको प्लेअफमा स्थान बनाउन सफल भएको छ । शनिबार भएको खेलमा दिल्लीले बैंगलुरुलाई ९ विकेटले हराएको हो । बैंगलुरुको यो लगातार चौथो हार थियो ।
बैंगलुरुले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य दिल्लीले २७ बल बाँकी छँदै मात्र १ विकेटको क्षतिमा पछ्यायो । दिल्लीलाई जित दिलाउन शफाली वर्मा र जेस जोनासेनले अर्धशतकीय इनिङ्स खेले ।
वर्माले मात्र ४३ बलमा ८० रन जोडिन् । उनले यस क्रममा ८ चौका र ४ छक्का प्रहार गरिन् । जोनासेनले ३८ बलको सामना गरेर ६१ रन बनाउने क्रममा ९ चौका र १ छक्का हिर्काइन् ।
यसअघि कप्तान मेग लानिङ भने मात्र २ रन बनाएर पभेलियन फर्किएकी थिइन् । उनलाई रेनुका सिंहले आउट गरेकी थिइन् ।
यसअघि, पहिले ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । टोलीका लागि एल्से पेरीले सर्वाधिक ६० रनको योगदान दिइन् । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् ।
राघवी विष्टले ३२ बलमा ३३ रन तथा डेनी वायट हजले १८ बलमा २१ रन जोडिन् । जर्जिया वेरह्यामले १२ रन बनाइन् । दिल्लीका लागि श्री चरानी र शिखा पाण्डेले २–२ विकेट लिए भने मारिजेन कापले १ विकेट हात पारिन् ।
७ खेलपछि दिल्लीको १० अंकसहित शीर्ष स्थानमा रहेको छ । टोलीले ५ खेलमा जित र २ मा हार बेहोरेको छ । उता, बैंगलुरुले भने ६ खेलबाट ४ अंक मात्र बटुलेको छ । २ खेलमा जित र ४ खेलमा हार बेहोर्दै टोली चौथो स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण