ट्रम्पसँग झगडा गरेर बेलायत पुगेका जेलेन्स्की के भन्छन् ?
लन्डन । रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतको समर्थन पाएका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका छन् ।
आफ्नो देशले ‘यस्ता साथी’ पाएकोमा आफू निकै खुसी भएको बेलायत पुगेपछि जेलेन्स्कीले स्टारमरलाई भनेका थिए । यस युद्धमा आफ्नो साथ दिएकोमा जेलेन्स्कीले बेलायतलाई पनि धन्यवाद दिएका थिए ।
यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए । दुई नेताहरूबीचको कुराकानी चर्काे बहसमा परिणत भएको थियो । जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य सामाग्री आपूर्तिको लागि २ अर्ब २६ करोड पाउण्ड ऋण दिने सम्झौताा हस्ताक्षर गरेका छन् ।
यो अहिलेका लागि रोक्का गरेर राखिएका रूसी सम्पत्तिहरूबाट प्राप्त नाफामार्फत भुक्तानी गरिनेछ । स्टार्मरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्दैछन् । यहाँ रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासहरूका साथै व्यापक युरोपेली सुरक्षाबारे छलफल गरिनेछ । जेलेन्स्कीले बेलायतका राजा चाल्र्स तृतीयलाई पनि भेट्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण