च्याम्पियन्स ट्रफीमा लज्जास्पद प्रदर्शनपछि पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकमा सकलेन मुश्ताकको चर्चा
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा घरेलु टोली पाकिस्तान समूहगत चरणबाटै बाहिरिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) नयाँ प्रशिक्षकको खोजीमा जुटेको छ । पाकिस्तानी सञ्चारमाध्यले नयाँ प्रशिक्षकको बारेमा टुंगोसमेत लागिसकेको दाबी गरेका छन् ।
पाकिस्तानी टोली च्याम्पियन्स ट्रफीको समूहगत चरणबाट बाहिरिएपछि खेलाडीसँगै पीसीबीको पनि व्यापक आलोचना भएको थियो । गत वर्ष पीसीबीले अकिब जावेदलाई पाकिस्तानी टोलीको अन्तरिम प्रशिक्षक बनाएको थियो । उनकै प्रशिक्षकत्वमा पाकिस्तानी टोली च्याम्पियन्स ट्रफी यात्रामा होमिएको थियो । तर, प्रतियोगितामा टोलीको खराब प्रदर्शनपछि पीसीबी नयाँ प्रशिक्षकको खोजीमा जुटेको हो ।
पाकिस्तानी पक्रकार कादिर ख्वाजाका अनुसार, पीसीबीले आफ्नो समयका प्रभावशाली स्पिनर सकलेन मुश्ताकलाई प्रमुख प्रशिक्षक बनाउने तयारी गरेको छ । मुश्ताकसँग पीसीबीका पदाधिकारीहरुले छलफल समेत गरिसकेका छन् ।
पीसीबीका पदाधिकारीहरुसँगको भेटमा मुश्ताकले पनि प्रमुख प्रशिक्षक बन्न आफू तयार रहेको बताएका छन् । पीसीबीका अध्यक्ष मोहसिन रजा नकवी पनि मुश्ताकलाई प्रमुख प्रशिक्षक बनाउन सहमत भएको दाबी पाकिस्तानी सञ्चारमाध्यमले गरेका छन् ।
निकट भविष्यमा न्युजिल्यान्डविरुद्ध खेलिने सेतो बलको शृंखलामा मुश्ताकले पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी समाल्ने दाबी समाचारमा गरिएको छ । समाचारमा जनाइए अनुसार, पीसीबीले च्याम्पियन्स ट्रफीअघि नै मुश्ताकलाई प्रमुख प्रशिक्षक बन्ने प्रस्ताव राखे पनि त्यतिबेला उनले अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण