राष्ट्रिय खेलकुद समयमै नहुँदा खेलाडीहरूमाथि अन्याय भयो, खेलकुदमन्त्रीले जवाफ दिनुपर्छ: सांसद विष्ट
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले सरकारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्दा समग्र खेलाडीमाथि अन्याय भएको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद विष्टले अझै पनि खेलकुद सारिएको मितिमा हुने कुनै ग्यारेन्टी नभएको बताए । उनले भने, ‘कर्णाली प्रदेशमा हुन लागेको दसौँ राष्ट्रिय खेलकुदलाई पछि सारेर त्यहाँका समग्र खेलाडीमाथि अन्याय भएको छ । अझै पनि तोकिएको समयमा खेलकुद हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । दुई वटा संसदीय समितिमा आएर मन्त्री आफैँले चैत्र २३ गते गर्ने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले त्यो प्रतिबद्धतालाई उल्लङ्घन गर्नुभएको छ ।’
उनले अब तोकिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा खेलकुद मन्त्रीले जवाफ दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण