विराट गोल्डकपको तयारी पुरा
विराटनगर । ९ औँ संस्करणको विराट गोल्डकप सोमबार सुरु हुँदैछ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । यसअघि सार्वजनिक भएको टाइसिट अनुसार उद्घाटन खेल विभागीय टिम त्रिभुवन आर्मी र सार्थन क्लबबिच रहेको थियो । आर्मीको खेल जुधेपछि खेल तालिका तलमाथि हुन गएको संयोजक रिजालले बताए ।
विराटनगरको सहिद रङ्गशालामा फ्लडलाइट्सको माध्यमबाट साढे ६ बजेदेखि सुरु हुने रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबिच हुनेछ ।
फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारतबिच हुनेछ । त्यसैगरी फागुन २१ गते पहिलो क्वाटरफाइनल खेल हुने भएको छ । पहिलो क्वाटरफाइन खेल त्रिभुवन आर्मी ११ र उद्घाटन खेलका विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
फागुन २२ गते दोस्रो क्वाटरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाइ पाएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्लबको विजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ ।
फागुन २३ गते मच्छिन्द्र र थ्री स्टार बिच हुनेछ भने फागुन २४ गते चर्च व्याइज फुटबल क्लब काठमाडौँ र एन आरटी क्लब काठमाडौँ बिच हुनेछ । फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ ।
प्रतियोगितामा विदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी छ । यस पटक विजेतालाई ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रस्टले गत वर्षको सातौँ संस्करणको भन्दा पुरस्कार राशि झन्डै आधा घटाएको थियो । सातौँ संस्करणमा विजेतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौँ संस्करणमा विजेतालाई ९ लाखा १५ हजार र उपबिजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएर राखिएको थियो ।
यसपटक बढाएको छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वोकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक–फरक तरिकाले गोल्डकप गर्ने विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरू मध्येबाट पाँच जनालार्य दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरी ताज पहिरिने तयारी गरिएको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्म ट्रस्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा मोरङ व्यापार सङ्घका निवर्तमान अध्यक्ष रिजाललाई दिएको हो । ५ औँ संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८ औँ संस्करणमा लगातार ठुलो घाटामा व्यहोरेको थियो । ट्रस्टको बैठकले ९ औँ संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो ।
२०७४/०७५ सालमा पनि ट्रस्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौँपछि पहिलो पटक विराटनगरमै रात्रिकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रिकालीन फुटबल खेलको महसुस दिलाए ।
उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रस्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण