सेमिफाइनल अघि मारक्रम घाइते भएपछि दक्षिण अफ्रिका चिन्तित

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको सेमिफाइनल खेल अघि दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी एडेन मारक्रम घाइते भएका छन् । उनी इङ्ल्यान्डविरुद्धको खेलका क्रममा ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको समाचारमा जनाइएको छ ।
इङ्ल्यान्डविरुद्धको उक्त खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी भएको थियो । दक्षिण अफ्रिकासँगै अस्ट्रेलिया, न्युजिल्यान्ड र भारत पनि प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा प्रतिद्वन्द्वको भने टुंगो लाग्न बाँकी छ ।
न्युजिल्यान्ड र भारतबिच हाल दुबईमा जारी समूहगत चरणको अन्तिम खेलपछि सेमिफाइनलमा आपसमा भिडन्त गर्ने टोलीहरुको टुंगो लाग्नेछ । दक्षिण अफ्रिकी टोलीका कार्यवाहक कप्तानसमेत रहेका मारक्रमले सेमिफाइनल खेल्न सक्छन् वा सक्दैनन् भन्ने विषयमा केही बताइएको छैन ।
३० वर्षीय मारक्रम टोलीका प्रभावशाली ब्याटिङ अलराउन्डर हुन् । ह्यामस्ट्रिङ समस्याका कारण उनले सेमिफाइनल खेल गुमाउने सम्भावना रहेको आशंका गरिएको छ । मारक्रम घाइते भएपछि इङ्ल्यान्ड विरुद्धको खेलमा हेनरिक क्लासेनले टोलीको नेतृत्व गरेका थिए ।
टोलीका नियमित कप्तान टेम्बा बाभुमा पनि इङ्ल्यान्डविरुद्धको खेलमा सहभागी थिएनन् । बाभुमा पनि स्वास्थ्य सम्बन्धि समस्याका कारण उक्त खेलमा अनुपस्थित रहेको बताइएको छ । सेमिफाइनलअघि मारक्रमको चोट दक्षिण अफ्रिकाका लागि चिन्ताको विषय बनेको छ ।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेल मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिने छ । दोस्रो सेमिफाइनल खेल बुधबार पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा खेलाइने कार्यक्रम छ । फाइनल खेल मार्च ९ तारिखमा खेलिने छ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?