सेमिफाइनल अघि मारक्रम घाइते भएपछि दक्षिण अफ्रिका चिन्तित
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको सेमिफाइनल खेल अघि दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी एडेन मारक्रम घाइते भएका छन् । उनी इङ्ल्यान्डविरुद्धको खेलका क्रममा ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको समाचारमा जनाइएको छ ।
इङ्ल्यान्डविरुद्धको उक्त खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी भएको थियो । दक्षिण अफ्रिकासँगै अस्ट्रेलिया, न्युजिल्यान्ड र भारत पनि प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा प्रतिद्वन्द्वको भने टुंगो लाग्न बाँकी छ ।
न्युजिल्यान्ड र भारतबिच हाल दुबईमा जारी समूहगत चरणको अन्तिम खेलपछि सेमिफाइनलमा आपसमा भिडन्त गर्ने टोलीहरुको टुंगो लाग्नेछ । दक्षिण अफ्रिकी टोलीका कार्यवाहक कप्तानसमेत रहेका मारक्रमले सेमिफाइनल खेल्न सक्छन् वा सक्दैनन् भन्ने विषयमा केही बताइएको छैन ।
३० वर्षीय मारक्रम टोलीका प्रभावशाली ब्याटिङ अलराउन्डर हुन् । ह्यामस्ट्रिङ समस्याका कारण उनले सेमिफाइनल खेल गुमाउने सम्भावना रहेको आशंका गरिएको छ । मारक्रम घाइते भएपछि इङ्ल्यान्ड विरुद्धको खेलमा हेनरिक क्लासेनले टोलीको नेतृत्व गरेका थिए ।
टोलीका नियमित कप्तान टेम्बा बाभुमा पनि इङ्ल्यान्डविरुद्धको खेलमा सहभागी थिएनन् । बाभुमा पनि स्वास्थ्य सम्बन्धि समस्याका कारण उक्त खेलमा अनुपस्थित रहेको बताइएको छ । सेमिफाइनलअघि मारक्रमको चोट दक्षिण अफ्रिकाका लागि चिन्ताको विषय बनेको छ ।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेल मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिने छ । दोस्रो सेमिफाइनल खेल बुधबार पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा खेलाइने कार्यक्रम छ । फाइनल खेल मार्च ९ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण