फेब्रुअरी महिनामा ९६ हजारभन्दा बढी पर्यटक नेपालमा
काठमाडौँ । सन् २०२५ को फेब्रुअरी महिनामा नेपाल भ्रमणमा ९६ हजारभन्दा बढी पर्यटकको आगमन भएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा ९६ हजार ८ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् ।
बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा पर्यटन आगमनमा कमी आएको देखिएको छ। सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै,सन् २०२३ को फेब्रुअरीमा ९९ हजार ४२६ रहेको थियो ।
पर्यटन बोर्डका फेब्रुअरीमा भारतीय पर्यटक सबैभन्दा बढी नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार १८७ जना नेपाल भ्रमणका लागि आएका हुन् ।
यस अवधिमा अमेरिकाबाट १० हजार ३४८ जना आएका छन् भने चीनबाट ८ हजार २३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
बेलायतबाट ५ हजार ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, बङ्गलादेशबाट ४ हजार ८७४ जना पर्यटक नेपाल आउँदा श्रीलंकाबाट ४ हजार ३७० र अस्ट्रेलियाबाट ३ हजार ७३७ जना पर्यटक आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण