मादक पदार्थ सेवनपछि भएको विवादमा साथीको हत्या
बुटवल । रुपन्देहीमा सँगै मजदुरी गर्ने महिला र पुरुषबिच मादक पदार्थ सेवन गर्दा भएको विवादमा एक महिलाको हत्या भएको खुलेको छ। दाङ जिल्लाको लमही नगरपालिका–७, उच्चलिम्बु घर भई रुपन्देहीको सियारीमा मजदुरी गर्दै आएकी ४० वर्षीय सङ्गीता चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले रुपन्देहीको तिलोत्तमा–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु (अजय थारु) लाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत फागुन ८ गते रुपन्देहीको बेथरी–बुटवल सडक खण्डमा पर्ने सियारी गाउँपालिका–२, भगदरीस्थित सडकको किनाराको खेतमा परालले छोपिएको अवस्थामा सङ्गीताको हत्या गरिएको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी सुरज कार्कीले स्निफिङ डगसहितको प्रहरी अनुसन्धान टोलीले उक्त घटनाको अनुसन्धान गरेको आधारमा अभियुक्त अमिरिकी थारुलाई पक्राउ गरिएको बताए ।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको २ वटा ढुङ्गा, मृतकले प्रयोग गर्ने एक थान मोबाइल, चप्पल, टोपी बरामद गरेको थियो भने अभियुक्तको साथबाट हत्या गर्दाको अवस्थामा लगाएको पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ ।
मादक पदार्थ सेवन गरी झै–झगडाका कारणबाट प्रतिवादीले नजिकै रहेको ढुङ्गाले हानेको र दुबैजना मजदुरीको काम गर्ने खुल्न आएको डिएसपी कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण