शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा

शुक्रबार, ०५ असार २०८३, २१ : ४४
शुक्रबार, ०५ असार २०८३

सारांश

  • बागलुङका ११ वर्षीय बालक बिपिन शर्मा दुर्लभ बोनम्यारो रोगबाट पीडित छन्।
  • आर्थिक अभावका कारण परिवारले बिपिनको उपचारका लागि सहयोगको याचना गरेका छन्।
  • काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका बिपिनको उपचारका लागि धेरै खर्च आवश्यक पर्ने डाक्टरहरूले बताएका छन्।

काठमाडौँ । बागलुङका एक बालकको परिवारले दुर्लभ रोग बोनम्यारोको उपचारका लागि सहयोगको याचना गरेका छन् । 

बागलुङको जैमिनी नगरपालिका–१, कुश्मिसेरा भण्डार निवासी ११ वर्षीय बालक बिपिन शर्मा दुर्लभ रोग ‘बोनम्यारो’का कारण स्वास्थ्यमा गम्भीर सङ्कट देखिएको छ ।

बिरामी बालक बिपिनका परिवार भने आर्थिक अभाव भएपछि परिवारले जीवनरक्षाका लागि अपिल गरेका छन् । आर्थिक अवस्था नाजुक रहेका बालक बिपिन हाल काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिपिनका पिता रामप्रसाद शर्माले विपन्न परिवार रहेका कारण उपचार खर्चका लागि आर्थिक अवस्था अत्यन्त कमजोर भएको बताए । 

छोराको उपचार खर्चका लागि खर्च धान्न नसक्ने अवस्थामा आफू आइपुगेको शर्माले बताए । डाक्टरहरूले उपचारका लागि धेरै खर्च आवश्यक पर्ने भएकाले खर्चको जोहो गर्न भनेपछि परिवार तनावमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप