अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
काठमाडौँ । विद्यार्थी सङ्गठनहरू अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिचको एकता प्रक्रियालाई अघि बढाउन तीन वटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ।
विभिन्न कम्युनिस्ट घटक एक हुनुअघिका सम्बन्धित दल निकट विद्यार्थी संगठनबिच अहिले एकताका लागि पहल भइरहेकाे छ।
शुक्रबार बसेको एकतासम्बन्धी संयुक्त पदाधिकारी बैठकले संगठन एकतालाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित वार्ता तथा समन्वय, राजनीतिक तथा शैक्षिक प्रतिवेदन लेखन, र विधान मस्यौदा तयारीका लागि अलग–अलग कार्यदल गठन गर्ने निर्णय गरेको हो।
वार्ता तथा समन्वय कार्यदलमा विजय प्रकाश सापकोटा, मदन ढकाल, ममता अधिकारी, अभिमन्यु यादव, निरोज श्रेष्ठ, प्रकाश तामाङ, महेश श्रेष्ठ, अशोक थापा, कल्याण दाहाल, मेघनाथ चापागाईं तथा नरबहादुर कुमाल रहेका छन्।
राजनीतिक तथा शैक्षिक प्रतिवेदन लेखन कार्यदलमा देउमा जैसी “दीपा”, कृष्णबहादुर सुनार, उमेश कँडेल, प्रेम जैसी, समकृति पुन, मिलन राई, दिनेश लो, दीपक बुढाथोकी, हिमाल थापा, टेकेन्द्र मल्ल तथा नमराज विक रहेका छन्।
विधान मस्यौदा तयार कार्यदलमा अटल आचार्य, रेशम अधिकारी, विपिन पोख्रेल, शिशिर बस्याल, वीरेन्द्र जिसी, राजन शर्मा पराजुली, एल. के. राई, मनोज चन्द, कैलाश गिरि तथा लक्ष्मण विक रहेका छन्।
बैठकले गठन गरिएका कार्यदलहरूले सङ्गठन एकताका बाँकी वैचारिक, साङ्गठनिक तथा विधानसम्बन्धी कार्यलाई समयमै सम्पन्न गरी एकीकृत विद्यार्थी सङ्गठन निर्माणको प्रक्रियालाई अन्तिम टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण