बबरमहल फुटपाथको हरिबिजोग, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । काठमाडौँको मुख्य सडक खण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ।
पैदलयात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन्।
सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्कायो, तर निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ। बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो। यो खण्ड सिंहदरबारको नजिकै पर्छ, जहाँ नीति निर्मातादेखि उच्चपदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ।
फुटपाथ प्रयोग गर्नै गाह्रो छ। आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाट नै हिँड्न बाध्य छन्, जसले जोखिम झन् बढाएको छ।
बबरमहल खण्डको अर्को विडम्बना के छ भने, यही क्षेत्रमा सडक विभागको कार्यालय छ, जहाँबाट सडक मर्मत तथा निर्माणको योजना निर्माण हुन्छ। । यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन्। पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारण मात्र होइन, कानुनी क्षेत्रका पेसाकर्मीहरू पनि सास्ती खेपिरहेका छन्।
बबरमहल क्षेत्रमा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउने काम गरिरहेको छ। यो काम अत्यावश्यक भए पनि निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ।
तस्बिरः फोटो लाइब्रेरी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण