यौनकर्मीको कथामा आधारित 'अनोरा' लाई ५ वटा ओस्कार, द ब्रुटालिस्टले जित्यो ३ अवार्ड
लस एन्जलिस । ९७ औं ओस्कार अवार्ड समारोहमा २३ विधामा ओस्कार विजेताहरूको घोषणा गरिएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित ओस्कार अवार्ड समारोहमा फिल्म 'अनोरा' ले हाबी रह्यो।
यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' ले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच विधामा ओस्कार अवार्ड जितेको छ। फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्।
यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए । यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ।
शन बेकरद्वारा निर्देशित रोमान्टिक कमेडी अनोरा एक धनी व्यापारीसँग विवाह गर्ने यौनकर्मीमा आधारित छ। यो फिल्मले कान्स फिल्म फेस्टिभलमा पाल्मे डी'ओर अवार्ड जितेको थियो। २१ मे २०२४ मा रिलिज भएको यो फिल्म ६ मिलियन डलरमा बनेको थियो, जसले ४१ मिलियन डलर कमाएको थियो।
यस वर्षको ओस्कार अवार्डमा द ब्रुटालिस्टमा अभिनयका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड जिते। 'द ब्रुटालिस्ट' ले उत्कृष्ट छायांकनको लागि ओस्कर अवार्ड जितेको छ। यो पुरस्कार बेलायतका लोल क्राउलीले प्राप्त गरे। यो फिल्मले उत्कृष्ट मौलिक स्कोरको लागि पनि ओस्कर अवार्ड जितेको छ।
पिरियड ड्रामा फिल्म द ब्रुटालिस्टले ३ वटा गोल्डेन ग्लोब अवार्ड पनि जितिसकेको छ। यो फिल्मले एक हंगेरी मानिसको कथा भन्छ जो भागेर संयुक्त राज्य अमेरिका जान्छ र आफ्नो सपना पूरा गर्न संघर्ष गर्छ।
यसैबीच, ब्राजिलियन फिल्म 'आई एम स्टिल हियर' ले सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर अवार्ड जित्यो। यो फिल्म ब्राजिलका राजनीतिज्ञ रुबेन्स पाइभाको वास्तविक बेपत्ता भएको घटनामा आधारित छ। यस फिल्मको अवार्ड घोषणा हुँदा ठूलो ताली बजेको थियो।
यस समारोहमा ड्युन: पार्ट टु ले दुई ओस्कर पुरस्कार प्राप्त गरेको छ। यसले पहिले सर्वश्रेष्ठ ध्वनि श्रेणीमा ओस्कर जित्यो र त्यसपछि सर्वश्रेष्ठ भिजुअल इफेक्ट पुरस्कार जित्यो।
ड्युन: पार्ट टु फ्र्याङ्क हर्बर्टको उपन्यास ड्युनमा आधारित चलचित्र हो। यो फिल्मले पहिले नै धेरै प्रशंसा बटुलिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण