अस्ट्रेलियन टोलीसँग जुरेको यो रमाइलो संयोग !
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागिसकेको छ । सेमिफाइनलमा भिड्ने टोलीको पनि टुंगो लागिसकेको छ । भारतले सेमिफाइनलमा प्रतिद्वन्द्वीका रुपमा विश्व च्याम्पियन अस्ट्रेलियालाई पाएको छ । भारत र अस्ट्रेलियाबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार खेलिने छ ।
दोस्रो सेमिफाइनलमा भने न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा खेलिने छ । फाइनल मार्च ९ तारिखमा खेलिने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने एकदिवसीय प्रतियोगितामा यसअघि पनि यस्तो संयोग जुरिसकेको छ । यसअघि दुईपटक यी चारवटै टोली सेमिफाइनलमा पुगेका छन् ।
अस्ट्रेलियाका लागि भने यस्तो संयोग सधें लाभदायी सिद्ध हुँदै आएको छ । यसअघि यी चारवटा टोली सेमिफाइनलमा पुग्दा दुबैपटक उपाधि भने अस्ट्रेलियाले नै जितेको इतिहास छ । यसअघि, सन् २०१५ को आईसीसी एकदिवसीय विश्वकपमा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका थिए । त्यतिबेला भारत र अस्ट्रेलिया तथा न्युजिल्यान्ड दक्षिण अफ्रिकाबिच सेमिफाइनल खेलिएको थियो ।
सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ९५ रनले हराएको थियो । अर्को सेमिफाइनलमा न्युजिल्यान्डले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दक्षिण अफ्रिकालाई चार विकेटले हराएको थियो । फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
यसैगरी, सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपमा पनि भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्ड नै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा भारतको प्रतिद्वन्द्वी न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको प्रतिद्वन्द्वी अस्ट्रेलिया थिए ।
सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । अर्को सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले पाखा लगाएको थियो । फाइनलमा भने अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।
ठिक त्यस्तै संयोग, यसपटक चयाम्पियन्स ट्रफीमा पनि परेको छ । यसपटक पनि यी चार टोली नै सेमिफाइनलमा पुगेका छन् । यसपटक पनि अघिल्ला संस्करणजस्तै नतिजा आउँछ वा क्रमभंग हुन्छ त्यो भने हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण