अस्ट्रेलियन टोलीसँग जुरेको यो रमाइलो संयोग !

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागिसकेको छ । सेमिफाइनलमा भिड्ने टोलीको पनि टुंगो लागिसकेको छ । भारतले सेमिफाइनलमा प्रतिद्वन्द्वीका रुपमा विश्व च्याम्पियन अस्ट्रेलियालाई पाएको छ । भारत र अस्ट्रेलियाबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार खेलिने छ ।
दोस्रो सेमिफाइनलमा भने न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा खेलिने छ । फाइनल मार्च ९ तारिखमा खेलिने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने एकदिवसीय प्रतियोगितामा यसअघि पनि यस्तो संयोग जुरिसकेको छ । यसअघि दुईपटक यी चारवटै टोली सेमिफाइनलमा पुगेका छन् ।
अस्ट्रेलियाका लागि भने यस्तो संयोग सधें लाभदायी सिद्ध हुँदै आएको छ । यसअघि यी चारवटा टोली सेमिफाइनलमा पुग्दा दुबैपटक उपाधि भने अस्ट्रेलियाले नै जितेको इतिहास छ । यसअघि, सन् २०१५ को आईसीसी एकदिवसीय विश्वकपमा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका थिए । त्यतिबेला भारत र अस्ट्रेलिया तथा न्युजिल्यान्ड दक्षिण अफ्रिकाबिच सेमिफाइनल खेलिएको थियो ।
सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ९५ रनले हराएको थियो । अर्को सेमिफाइनलमा न्युजिल्यान्डले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दक्षिण अफ्रिकालाई चार विकेटले हराएको थियो । फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
यसैगरी, सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपमा पनि भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्ड नै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा भारतको प्रतिद्वन्द्वी न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको प्रतिद्वन्द्वी अस्ट्रेलिया थिए ।
सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । अर्को सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले पाखा लगाएको थियो । फाइनलमा भने अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।
ठिक त्यस्तै संयोग, यसपटक चयाम्पियन्स ट्रफीमा पनि परेको छ । यसपटक पनि यी चार टोली नै सेमिफाइनलमा पुगेका छन् । यसपटक पनि अघिल्ला संस्करणजस्तै नतिजा आउँछ वा क्रमभंग हुन्छ त्यो भने हेर्न बाँकी छ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी