प्रधानमन्त्रीलाई प्रभुको प्रश्न : कुन नैतिकताले पदमा बस्नुहुन्छ ?
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमाले सरकार असफल भइसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सरकारको कार्यसम्पादन मूल्याङ्कन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आफै फेल भएकाले प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्न नैतिकताका आधारमा पनि नमिल्ने बताएका हुन् ।
‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्याङ्कनमा उहाँ आफैँ फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याबिनेटमा आधाभन्दा बढी मन्त्रीहरू नै फेल भएका छन्’, साहले भने, ‘यो सरकार फेलियर भएको पुष्टि भइसक्यो ।’ उनले असफलहरूले देशमा सुशासन र विकास गर्न नसक्ने पनि बताए ।
‘प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरूको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अङ्क आएको छैन । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशत मात्रै अङ्क आएको छ भने उहाँ कुन नैतिकताका आधारमा पदमा बसिरहनुभएको छ’, साहको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण