बार निर्वाचनको मतदाता नामवलीमा विवाद : मंगलबारदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि विवाद भएको छ । उच्च अदालत बार एसोसिएसनले काठमाडौँ अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार बिहान १० बजेदेखि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गर्ने घोषणा गरेको छ ।
आगामी चैत २३ गते नेपाल बारको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । उक्त नामवलीमा सोमबारसम्म दाबी–विरोधको समय तोकिएको थियो ।
उच्चले काठमाडौँ जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौँले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।
बार काउन्सिल अद्यावधिक गरे नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रुपमा काठमाडौँ बारको मात्रै छानबिन गर्न लागेकोमा त्यसमा विरोधस्वरुपमा भोलिदेखि निर्वाचन समिति घेराउको कार्यक्रम तय गरिएको काठमाडौँ डीएलएका अध्यक्ष सुशील पौडेलले रातोपाटीलाई बताए ।
नेपाल बार एसोसिएसनको विधानको धारा २५ मा दुई आर्थिक वर्षदेखि सदस्य रही प्रत्येक वर्ष नवीकरणका सदस्यहरुले तोकिएको निर्वाचन विधिअनुसार गोप्य मतदानमा सहभागी हुन पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मतदाताबारे निर्णय हुनुपर्ने आफूहरुको माग रहेको अध्यक्ष पौडेलले बताए ।
‘दफा २५ आकर्षित हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यो भएन भने दोस्रो विकल्पका रुपमा दुई वर्षअगाडि नेपाल बारमा पठाइसकेका नामवलीबाट दुई वर्ष नियमित रुपमा नवीकरण भएको र काउन्सिलमा अद्यावधिक भएकोबाट छानबिन गर्न पाउँ भनीहामीले पनि निवेदन हालेका थियौँ । तर हामीले हालेको निवेदनमा सुनुवाइ नभइकन उच्च बारका साथीहरुले काठमाडौँ बारको मात्रै छानबिनका लागि उजुरी दिएकोमा व्यक्ति नै किटेर हटाइपाऊँ भनी निवेदन दिएकोमा हामीले त्यसमा आपत्ति जनाएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण