पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र पोखरा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको मङ्गलवार पेसी तोकिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
महानगरले २०८१ मङ्सिर २८ गते करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । महानगरपालिकाले नगरसभाबाटै निर्णय गरेर माघ १ गतेदेखि अनिता गिरीसहित ५९ जना करार कर्मचारीको माघदेखि नियुक्ति नवीकरण नगर्ने जनाएको थियो । उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै अदालत गुहारेका थिए ।
सर्वोच्चले करारका कर्मचारी हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर त्यसको कार्यान्वयन महानगरले नगरेपछि सर्वोच्चमा गएको फागुन १३ गते अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो ।
सुनुवाइका लागि आइतबार पेसी तोकिएकोमा सो दिन बेन्च नै बसेन । सोमबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण