थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मगरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, “हाल म नेपाल र भारत सर कारबिच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु ।”
यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानबिन गर्छौँ ।”
मन्त्री यादवको निर्देशन पश्चात अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले मर्मतकार्य तीव्र रूपमा अघि बढाइ आजै पानी वितरण गरिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण