कर्णाली नदीजन्य स्रोतको उपयोग तथा संरक्षण सम्बन्धी सुझाव समितिद्वारा प्रतिवेदन बुझाइयो
कैलाली । कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणका सम्बन्धमा गठित सुझाव समितिले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिवेदन बुझाएको छ । मंगलबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित उक्त समितिले अध्ययन तथा परामर्शपछि तयार पारेको प्रतिवेदन मुख्यमन्त्री शाहसमक्ष बुझाइएको हो ।
प्रतिवेदनमा कर्णाली नदीका स्रोतहरूको दिगो व्यवस्थापन, संरक्षण तथा दुवै प्रदेशको समृद्धिमा योगदान पुर्याउने नीतिहरू समेटिएको बताइएको छ । नदीजन्य स्रोतको प्रभावकारी उपयोग, वातावरणीय सन्तुलन तथा स्थानीय समुदायको हितलाई ध्यानमा राख्दै प्रतिवेदन तयार पारिएको समितिले जनाएको छ।
कर्णाली नदी दुवै प्रदेशका लागि महत्त्वपूर्ण जलस्रोत भएकाले यसको न्यायोचित उपयोग तथा संरक्षण गर्न आवश्यक नीति तथा कार्ययोजना बनाउन प्रतिवेदनले मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । यस सम्बन्धमा दुवै प्रदेश सरकारले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
-
लेबनानमा युद्धविराम गर्न जी–सेभेन राष्ट्रहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण