यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
मङ्गलबार, २० फागुन २०८१, १७ : २६
एजेन्सी । भारतको यूपी विधानसभाको बजेट सत्रमा मुख्यमन्त्री योगी आदित्यनाथले भर्खरै सकिएको प्रयागराज महाकुम्भमा एउटा पनि अपराधको घटना नभएको बताएका छन् ।
मंगलबार समाजवादी पार्टीमाथि कडा प्रहार गर्ने क्रममा उनले भने, ‘महाकुम्भमा जो आए पनि अभिभूत भए । महाकुम्भमा अपराधको एउटा पनि घटना भएको छैन ।'
महाकुम्भ आयोजना गर्नु चमत्कारजस्तै बताएका उनले ६६ करोड भक्त महाकुम्भमा आएर सकुशल घर फर्केका दाबी गरे । 'महाकुम्भको गुञ्ज विश्वभर गुञ्जियो । महाकुम्भका कारण अर्थतन्त्र पनि मजबुत भएको छ ।'
महाकुम्भमा समाजवादी पार्टीको टिप्पणीलाई सम्बोधन गर्दै मुख्यमन्त्री योगीले ६८ वटा तीर्थस्थल र १९ वटा इनारको निशान मेटाउने प्रयास गरिएको आरोप पनि लगाए । 'उसलाई खोज्ने हाम्रो काम थियो। हामीले ५४ वटा तीर्थस्थल पत्ता लगायौं र १९ वटा कुवा पनि फेला पार्यौं,' उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण