‘भीआईपी’ चोर, जो चोरी गर्न विमानबाट यात्रा गर्छन्

नयाँ दिल्ली । भारतमा ‘भीआईपी’ चोर पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति चोरी गर्ने सहरमा पुग्नका लागि विमानबाट यात्रा गर्ने गरेको तथ्य प्रकाशमा आएको छ ।
घटना भारतको उत्तर प्रदेश राज्यको कानपुरको हो । मंगलबार राति प्रहरीले चोरी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी अधिकारी श्रवणकुमारका अनुसार कोपरगञ्ज ड्रम मण्डी नजिकै एउटा पसलमा चोरी गरेको अवस्थामा प्रहरीले घेराबन्दी गरी दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले घेराबन्दी गरेपछि चोरी गर्ने समूहका तर्फबाट गोली प्रहार गरिएको र प्रहरीले पनि जवाफी ‘फायर’ गरेको बताइएको छ । प्रहरीले चलाएको गोली खुट्टामा लागेर एक जना घाइते भएको प्रहरीको भनाइ छ ।
सोधपुछका क्रममा घाइते चोरले आफ्नो नाम मुरलीधरन शर्मा बताएको प्रहरीले जानकारी दिएको छ । उनले आफ्नो घर राजस्थानको बीकानेरमा रहेको जानकारी दिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका अर्का व्यक्ति चन्द्रभान पटेर रहेको र उनी जौनपुरको निवडिया निवासी रहेको प्रहरीले जनाएको छ ।
चन्द्रभानले प्रहरीलाई आफ्नो पत्नी ग्राम प्रधान रहेको समेत बताएका छन् ।
प्रहरीका अनुसार मुरलीधरन शर्मा मार्च १ का दिन मुम्बईबाट विमान चढेर कानपुर आएका थिए । उनी कानपुरको एउटा होटलमा बसेर व्यापारीको रूपमा विभिन्न स्थानको ‘रेकी’ गरेको पाइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका यी दुवैले अघिल्लो महिना हैदरावादमा ३० लाख रुपैयाँ बराबरको सामान चोरी गरेको पाइएको छ । यस्तै, उनीहरूले मुम्बईबाट दुई किलो सुनसमेत चोरी गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौचरन बनेको ५२ बिघामा केराखेती, हरियाली बनायो सहकारीले
-
एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
-
पूर्व मुख्यसचिव गौतमको निधन
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप