बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ
बुधबार, २१ फागुन २०८१, १४ : ४०
धनगढी । बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका– ८ चौरथली कालागाउ घर भएका ५१ वर्षीय पाल विष्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले मङ्गलवार घरबाटै पक्राउ परेका विष्टले इजाजत बिना नै घरमा बन्दुक राखेर सिकार गर्ने गरेको पाइएको छ।
पक्राउ परेका विष्टको साथबाट भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउन्ड गोली, २ थान घोरलको छाला, र २ थान रतुवाको छाला बरामद गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण