बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ
बुधबार, २१ फागुन २०८१, १४ : ४०

धनगढी । बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका– ८ चौरथली कालागाउ घर भएका ५१ वर्षीय पाल विष्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले मङ्गलवार घरबाटै पक्राउ परेका विष्टले इजाजत बिना नै घरमा बन्दुक राखेर सिकार गर्ने गरेको पाइएको छ।
पक्राउ परेका विष्टको साथबाट भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउन्ड गोली, २ थान घोरलको छाला, र २ थान रतुवाको छाला बरामद गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा
-
‘कर्णालीका छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन आवश्यक’
-
प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो: कानुनमन्त्री चौरसिया
-
टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का
-
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
-
निर्देशक खनाललाई प्रश्न–साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् ?