बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा
काठमाडौँ । बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमले एकदिवसीय खेलबाट संन्यासको घोषणा गरेका छन् । च्याम्पियन्स ट्रफीमा एउटा पनि खेल नजितेर बंगलादेश घर फर्किएको एक हप्तापछि रहिमले फेसबुक पेजमार्फत आफ्नो संन्यास घोषणा गरेका हुन् ।
रहिमले बंगलादेशका लागि एकदिवसीय खेलहरूमा दोस्रो धेरै रन बनाएका छन् । उनले ३६.४२ को औसतले ७ हजार ७९५ रन बनाएका छन् । यसमा ९ शतक र ४९ अर्धशतक सामेल छन् ।
उनी २५० भन्दा बढी एकदिवसीय खेल्ने मात्र ५ विकेटकिपरमध्ये एक हुन् । उनले विकेटकिपरका रूपमा खेल्दै बनाएको ७ वटा शतक चौथो धेरै हो । उनीभन्दा अघि कुमार संगाकारा, एडम गिलक्रिस्ट र महेन्द्रसिंह धोनी रहेका छन् ।
उनले सन् २००७ को विश्वकपमा सबैको ध्यान खिच्न सफल भएका थिए । उनलाई भेटरान खालेद मसुदको स्थानमा टोलीमा स्थान दिइएको थियो । उनले ट्रिनिडाडमा भारतलाई हराउँदा अर्धशतक बनाएका थिए ।
उनले सन् २०१० देखि २०१६ सम्म बंगलादेशका लागि कीर्तिमानी लगातार ९२ एकदिवसयीय खेलेका थिए । उनले सन् २०२२ को टी–२० विश्वकपपछि सो फर्म्याटबाट संन्यास लिइसकेका छन् ।
उनले हालसम्म ९४ टेस्ट खेलेका छन् । उनी बंगलादेशका लागि १०० टेस्ट खेल्ने पहिलो खेलाडी बन्ने होडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
-
मिटरब्याजी पीडितलाई बाटाेमै रोक्ने गृहमन्त्रीको प्रयास, प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन
-
नेपाल–भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु
-
संविधानसभाका तीन सदस्यलाई जेल सजाय
-
आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण