कराँते महासंघको वार्षिक साधारणसभा बाराको निजगढमा
काठमाडौँ । नेपाल कराँते महासंघको वार्षिक साधारणसभा आगामी चैत ९ गते बाराको निजगढमा हुने भएको छ । महासंघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले साधारणसभा समारोह समितिको सदस्यमा मजेन्द्र सिंह, गजेन्द्र सावद र दिलिप राजभण्डारीलाई नियुक्त गरेको छ ।
यसैगरी, बैठकले महासंघको विधानलाई विश्व कराँते महासंघ (डब्लूकेएफ) को निर्देशन अनुसार संशोधन गर्ने निर्णय पनि गरेको छ । डब्लूकेएफ र एसियाली कराँत महासंघ (एकेएफ) को शुल्क सम्बद्ध संघ–संस्थाहरुको सदस्यता शुल्कबाट तिर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, बैठकले महासंघका सदस्य सञ्जय कुमार राईको राजीनामा स्वीकृत गरेको छ । नेपाल सितोरियो कराँते संघबाट सदस्य बनेका मिलन प्रसाई निलम्बित भएकाले महासंघको सदस्यता स्वतः रिक्त रहने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, बैठकले महासंघका कोषाध्यक्ष किसोर भट्टराईलाई राष्ट्रिय टिम व्यवस्थापक तथा राष्ट्रिय कराँते एकेडेमी प्रमुखमा नियुक्त गर्ने निर्णय लिएको छ । बैठकले डा. शिवराज भट्टलाई सदस्यका रुपमा नियुक्त गरेको छ ।
यसैगरी, महासंघको प्राविधिक समितिको प्रमुखमा महेश कुमार श्रेष्ठलाई अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले रेफ्री आयोगका लागि कार्यादेश स्वीकृत गर्ने निर्णय पनि लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
-
सामान्य प्रशासन मन्त्रालयले सोध्यो सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिने स्पष्टीकरण
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण