अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

वासिङटन डीसी । अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ । मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।
मन्त्रालयले २०१६ देखि २०२३ सम्म एन्क्सुन इन्फरमेसन टेक्नोलोजी कम्पनी लिमिटेड (आइसन) का आठ कर्मचारी र सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीहरूलाई इमेल, सेल फोन, सर्भर र वेबसाइटहरू ह्याक गरेको आरोप लगाएको छ । दसैजना अभियुक्तले धार्मिक संस्था, पत्रकार र सरकारी निकायहरूलाई लक्षित गर्न ह्याकिङको सहारा लिइरहेको कार्यवाहक अमेरिकी वकिल म्याथ्यू पोडोल्स्कीले बताए ।
अभियुक्तहरूमध्ये दुई जना जनवादी गणतन्त्र चीनका नागरिक हुन् । उनीहरूले चीन सरकारका लागि संवेदनशील जानकारी सङ्कलन गरिरहेको भनिएको छ । यसबाहेक केही निजी ह्याकरहरूलाई चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र राज्य सुरक्षाले पनि डेटा ह्याक गर्न भुक्तानी गरेको पनि बताइएको छ ।
ह्याकरहरूले सट्टेबाजी मार्फत पीडितहरूलाई लक्षित गरेको मुद्दामा भनिएको छ । पहिले आरोपीहरूले कमजोर नेटवर्क भएका कम्प्युटरहरू पहिचान गरे । यसपछि ह्याक गरिएको जानकारी चिनियाँ सरकारलाई बेचे ।
कम्पनीले प्रत्येक इमेल इनबक्स ह्याक गरेबापत मन्त्रालयसँग १० हजारदेखि ७५ हजार डलरसम्म पैसा लिएको बताइएको छ । दशै जना अभियुक्त फरार रहेको र यिनीहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा विदेश मन्त्रालयले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे