खुलाएको २ हप्तामै उत्तर कोरियाले बन्द गर्यो विदेशी पर्यटकका लागि सीमा

प्योङयाङ । उत्तर कोरियाले विदेशी पयर्टकका लागि सीमा बन्द गरेको छ । पाँच वर्षमा पहिलो पटक पश्चिमी पर्यटकहरू घुम्न आएको २ हप्ता नबित्दै सीमा बन्द गरिएको हो । कोरोना भाइरसको महामारी सुरु भएपछि २०२० को सुरुमा उत्तर कोरियाले सीमा बन्द गरेको थियो ।
२०२३ को मध्यदेखि सीमामा लगाइएको प्रतिबन्धहरू बिस्तारै खुकुलो पार्न सुरु गरेको थियो । २०२४ मा रुसी आगन्तुकका लागि सीमा खुलाइएको भएपनि गएको महिना मात्रै पश्चिमी देशबाट आउने पर्यटकहरूलाई देशको सुदूर पूर्वमा रहेको रासोन सहरमा प्रवेशको अनुमति दिइएको थियो ।
तर अहिले आएर कयौँ टूर कम्पनीहरूले थप सूचना नआउँदासम्मका लागि पर्यटन गतिविधि रद्द गरेको भनिरहेका छन् । यसरी अचानक सीमा बन्द गर्नुको कारण उत्तर कोरियाले खुलाएको छैन । ‘रासोन सबैका लागि बन्द गरिएको छ भनेर हामीले भर्खरै मात्र कोरियाली साझेदारहरूमार्फत थाहा पायौँ । हामी तपाईँहरूलाई यसबारे जानकारी दिइरहनेछौँ ।’
चीनमा रहको केटीजी टुर्सले आफ्नो फेसबुक पोष्टमा भनेको छ । उत्तर कोरियाले पर्यटन गतिविधि बन्द गरेको भन्दै योङ पायोनियर टूर्स र कोर्यो टूर्सले पनि भनेका थिए । अप्रिल र मेमा घुम्न जाने योजना बनाइरहेकाहरूले अरु सूचना नपाउँदासम्म फ्लाइट बूक नगर्न फेसबुकमा एउटा पोष्टमा योङ्ग पायोनियर टूर्सले भनेको छ ।
फेब्रुअरी २० मा पश्चिमी देशका पर्यटकहरू रासोन आउन सुरु गरेका थिए । यतिबेला आगन्तुकहरूको घुमफिरलाई कोभिड पूर्वको तुलनामा झनै कसिलो पारिएको टुर अपरेटरले बताएका थिए । सडकमा घुम्न र स्थानीयहरूसँग कुरा गर्न पनि पर्यटकहरूले कमै मात्रै पाएका थिए । फोन लाग्दैन थियो । इन्टरनेट पनि बन्द थियो । २०१९ मा उत्तर कोरियामा ३ लाख ५० हजार विदेशी पर्यटक घुम्न गएका थिए । यीमध्ये ९० प्रतिशत चिनियाँ भएको भन्दै खबर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक