डीएलए–पीपीएलए मिलेपछि विपक्षीको छुट्टै प्यानल,अध्यक्षमा श्रेष्ठ र महासचिवमा न्यौपानेको मनोनयन दर्ता
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन हुने भएपछि विपक्षीहरूले पनि छुट्टै प्यानल खडा गरेका छन् ।
डीएलए–पीपीएलएले आधिकारिक निर्णय गर्न बाँकी रहे पनि उक्त प्यानलबाट साझा उम्मेदवार विजय मिश्रलाई बनाउने सहमति भएको छ । डीएलए–पीपीएलए मिलेपछि विपक्षीहरूले पनि छुट्टै प्यानल खडा गरेका छन् ।
माओवादीनिकट आरपीएलएले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपानिकट कानुन व्यवसायीसँग मिलेर उक्त प्यानल बनाएको हो । यस प्यानलबाट आरपीएलएका रमन श्रेष्ठ अध्यक्ष र रास्वपानिकट यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको निर्वाचन कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण