प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
बिहीबार, २२ फागुन २०८१, १९ : ५४
सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि केसीले छात्रामाथि अश्लील म्यासेज गरेको आरोप लागेपछि राजीनामा दिएका छन् ।
गाउँपालिकाले निलम्बनसहितको स्पष्टीकरण सोधेपछि केसीले गल्ती भएको स्वीकार गर्दै राजीनामा दिएको गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार केसीले सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय छात्रालाई अश्लील म्यासेज गर्ने गरेका थिए ।
उक्त विषयमा गाउँपालिकामा उजुरी परेको थियो । शिक्षक केसी ५४ वर्षका भए ।
‘उजुरी पश्चात् हामीले उहाँलाई स्पष्टीकरण सोधेका थियौँ तर, उहाँ राजीनामासहितको पत्र ल्याएर आउनुभयो,’ भण्डारीले रातोपाटीसँग भने, ‘एक शिक्षकजस्तो व्यक्तिले त्यस्तो दोहोरो अर्थ लाग्ने काम गर्नु हुन्थेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण