सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सांसदहरूसँग छलफल गरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माण प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यले यस्तो छलफल गरिएको बताएका हुन्।
उनले भने, ‘यसअघि सांसदहरूसँग यसरी खुला रूपमा छलफल गर्ने अभ्यास थिएन। पहिलो पटक हामीले प्रदेशको बजेट, नीति तथा योजना निर्माणका विषयमा सांसदहरूसँग प्रत्यक्ष संवाद गरेका छौँ।’
छलफलका क्रममा उनले स्पष्ट रूपमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण हालको सरकारले नै गर्ने बताए।‘संघीय सरकार गठबन्धनमा चलेको छ, र प्रदेश सरकार पनि त्यसैअनुसार अघि बढ्छ। कुनै दुविधा नराख्नुहोस्, बजेट निर्माणको जिम्मा हाम्रो काँधमा छ, र हामीले नै बजेट बनाउँछौँ,’ उनले भने।
मुख्यमन्त्रीले बजेट निर्माणमा कानुनी, सैद्धान्तिक र व्यवहारिक पक्षलाई ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘विगतमा बजेटमा देखिएका समस्याहरूलाई समाधान गर्दै, आवश्यक सुधारसहित सन्तुलित बजेट निर्माण गर्नेछौँ,’ उनले स्पष्ट पारे।
सांसदहरूसँगको छलफललाई उनले नीति निर्माण प्रक्रियाको महत्त्वपूर्ण आधार भएको बताउँदै आगामी दिनमा पनि यस्तो संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ‘सांसदहरूको सुझाव, विज्ञहरूको परामर्श, र प्रदेशको आवश्यकता अनुरूप न्यायोचित बजेट बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण