मध्यमा परिक्रमाका श्रद्धालुका लागि हेल्पडेस्क
काठमाडौँ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजनको स्वास्थ्यलाई ध्यान राख्दै नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालले संयुक्त रुपमा हेल्पडेस्क सञ्चालनमा ल्याएको छ ।
महोत्तरी जिल्लाको पाँच वासामध्ये अन्तिम चरणको कञ्चनवन वासमा हेल्पडेस्क सञ्चालन गरिएको छ । नेपाल–भारत खुला सीमाका अध्यक्ष राजीव झाले नेपाल–भारतको खुल्ला सीमाका कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने काम भइरहेको बताए ।
यस हेल्पडेस्कमार्फत यात्रुका लागि स्वास्थ्य जाँच, आवश्यक औषधी वितरण तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराउने कार्य भइरहेको उनले बताए । श्रद्धालुहरूलाई अबिर, फूलमाला लगाएर स्वागत गरिनुको साथै स्वास्थ्य परीक्षण तथा आवश्यक सहयोग प्रदान गरिएको उनले बताए ।
यस वर्ष नेपाल–भारत खुला सीमा संवाद समूहले धार्मिक परिक्रमालाई थप व्यवस्थित बनाउन हराएका व्यक्तिहरूको खोजीका कार्यको काम पनि गरेको छ । हेल्पडेस्क सञ्चालन तथा विविध सुविधाहरूको व्यवस्थापनले परिक्रमा यात्रुहरूलाई ठुलो राहत मिलेको बताइएको छ ।
प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दु धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । यस परिक्रमाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतबिचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको विश्वास गरिएको छ ।
भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु–सन्तहरूले बिना झन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएका छन् । यसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्याएको छ । मिथिला मध्यमा परिक्रमा नेपाल–भारतबिचको सांस्कृतिक सम्पर्कको प्रतीक मानिन्छ । नेपाल–भारत खुला सीमाका कारण यी धार्मिक यात्राहरू सहज बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
-
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण