सडक निर्माणमा सहयोग गर्न भट्टराईले गरे चीनलाई आग्रह

काठमाडौँ । एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सिमाना टिपटलासम्मको ८५ किमी सडक निर्माणमा सहयोग गर्न परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई आग्रह गरेका छन् ।
आज उनले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई भेटेर सो ८५ किलोमिटर सडक बिस्तार, कालोपत्रे र पुलहरूको निर्माणका लागि नेपाल सरकारका तर्फÞबाट चिनिया सरकारसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्री आरजुलाई आग्रह गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि परराष्ट्र मन्त्री आरजुलाई उनले बुझाएका छन् । सो सडक निर्माणका लागि करिब ७५ अर्ब रुपियाँ नेपाली खर्च अनुमान रहेको उनले बताए ।
चीन सरकार पनि यसमा सकारात्मक रहेकाले नेपालको तर्फबाट औपचारिक रूपमा प्रस्ताव लैजानुपर्ने सचिव भट्टराईले बताए । सीमा क्षेत्रमा दुई देशका बिच हुने छलफलमा चीनका अधिकारीहरूले यो सडक बनाउन नेपाल सरकारबाट चीनलाई सरकारलाई अनुरोध आयो भने सहयोग हुने सुझाव दिएका थिए । सोही सुझाव अनुसार यो प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत अगाडि बढाएको उनले बताए ।
परराष्ट्रमन्त्री आरजुले सडक निर्माणका लागि चीन सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गमा रातिको समय १५ दिन सवारी चल्न रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
विभिन्न आपराधिक ‘मुद्दा’ झेल्दै एकीकृत समाजवादीका यी नेता