सडक निर्माणमा सहयोग गर्न भट्टराईले गरे चीनलाई आग्रह
काठमाडौँ । एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सिमाना टिपटलासम्मको ८५ किमी सडक निर्माणमा सहयोग गर्न परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई आग्रह गरेका छन् ।
आज उनले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई भेटेर सो ८५ किलोमिटर सडक बिस्तार, कालोपत्रे र पुलहरूको निर्माणका लागि नेपाल सरकारका तर्फÞबाट चिनिया सरकारसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्री आरजुलाई आग्रह गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि परराष्ट्र मन्त्री आरजुलाई उनले बुझाएका छन् । सो सडक निर्माणका लागि करिब ७५ अर्ब रुपियाँ नेपाली खर्च अनुमान रहेको उनले बताए ।
चीन सरकार पनि यसमा सकारात्मक रहेकाले नेपालको तर्फबाट औपचारिक रूपमा प्रस्ताव लैजानुपर्ने सचिव भट्टराईले बताए । सीमा क्षेत्रमा दुई देशका बिच हुने छलफलमा चीनका अधिकारीहरूले यो सडक बनाउन नेपाल सरकारबाट चीनलाई सरकारलाई अनुरोध आयो भने सहयोग हुने सुझाव दिएका थिए । सोही सुझाव अनुसार यो प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत अगाडि बढाएको उनले बताए ।
परराष्ट्रमन्त्री आरजुले सडक निर्माणका लागि चीन सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण