२५ गते ज्ञानेन्द्रलाई निर्मल निवास पुर्याउँछौँ, नारायणहिटी होइन: दुर्गा प्रसाईं
शुक्रबार, २३ फागुन २०८१, २२ : १८
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले तत्काल राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् । तर, आफूहरू राजतन्त्रको पक्षमा माहौल निर्माणमा भने निरन्तर लागिरहेको बताए ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्याउने बताए । कतिपयले पूर्वराजालाई सिधै नारायणहिटीमा लैजाने भनेर अभिव्यक्ति दिएपनि अहिलेलाई निर्मल निवास नै लगिने बताए ।
यद्यपि अहिलेको व्यवस्था खराब भइसकेको दाबी गर्दै माहौल बनाएर व्यवस्था ढिलोचाँडो बदलिछाड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण