थाइल्याण्डमा राँगोले लेखायो ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम
बैंकक । थाइल्याण्डस्थित एउटा राँगो ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम लेखाउन सफल भएको छ ।
‘वाटर बफेलो’ प्रजातिको यो राँगो आफ्नो प्रजातिमा सबैभन्दा अग्लो रहेका कारण विश्व कीर्तिमान बनाउन सफल भएको हो । ‘किङ्गकङ्ग’ नाम दिइएको यो राँगो ६ फिट ०.८ इन्च अग्लो छ ।
यही प्रजातिका अन्य राँगो तथा भैंसीको तुलनामा यसको उचाइ औसतमा २० इन्च बढी मानिएको छ ।
किङ्गकङ्ग थाइल्याण्डको नाखोन रत्चासिमास्थित निनलानी फार्ममा छ । यो राँगोको जन्म १ अप्रिल २०२१ मा भएको हो । जन्मको समयमै यो अन्य पाडापाडीको तुलनामा ठुलो देखिन्थ्यो ।
चेरपट वुट्टी नाम गरेकी महिलाले किङ्गकङ्गको हेरचाह गर्दै आएकी छन् । उनका अनुसार किङ्गकङ्गका आमाबाबु पनि निनलानी फार्ममै छन् ।
यो राँगोले दिनमा ३५ किलोग्राम आहार खाने गरेको बताइन्छ ।
भारी शरीर र विशाल आकारका बावजुद किङ्गकङ्ग शान्त स्वभावको रहेको चेरपटले बताइन् । यो आज्ञाकारी र मिलनसार रहेको उनको भनाइ छ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएसँगै यो राँगो अहिले विश्वमै चर्चित भएको छ । यसको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण