ओस्कार विजेता ह्याकम्यानको मृत्यु प्राकृतिक
काठमाडौं । हलिउड अभिनेता जीन ह्याकम्यानको मृत्यु प्राकृतिक कारणबाट भएको बताइएको छ । उनको मृत्यु मुटु सम्बन्धी रोगबाट भएको अधिकारीहरुले बताएका छन् । ९५ वर्षी ह्याकम्यानलाई उनकी पत्नीजस्तै अल्जाइमरको समस्या समेत रहेको बताइएको छ । तर, उनकी पत्नकीको मृत्यु भने एडभान्स अल्जाइमरका कारण भएको थियो ।
६५ वर्षीया अराकावाको मृत्यु हन्टाभाइरस पल्मोनरी सिन्ड्रोमले हुने संक्रमणका कारण भएको स्वास्थ्य अनुसन्धाताले बताएका छन् । अघिल्लो हप्ता अमेरिकाको न्यू मेक्सिकोस्थित आफ्नै घरमा उनको शव भेटिएको थियो । साथमा एक पालुवा कुकुरको समेत शव भेटिएको थियो ।
कुकुरको मृत्युको कारण भने अझै खुलिसकेको छैन । यद्यपि, अनुसन्धान अधिकारीहरुले कुकुरमा हन्टाभाइरस नहुनसक्ने अनुमान गरेका छन् । ओस्कार विजेता ह्याकम्यान हलिउडमा चर्चित मध्ये एक थिए । दुई दशकभन्दा बढी समय उनले अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण