नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बाँडफाँड
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१०० अंकित दरमा १८,४५,००० कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो ।
सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत कुल १८,१७,१४८ जना आवेदकहरूबाट २,२४,४६,३५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको र सो मध्ये १०,३८६ जना आवेदकबाट १,७१,९६० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरू रद्द गरि जम्मा १८,०६,७६२ जना आवेदकलाई गोलाप्रथा मार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कूल २२,५०,००० कित्ता साधारण शेयरको १०% अर्थात् २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई, ३ प्रतिशत अर्थात् ६७,५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् १,१२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८,४५,००० कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण