आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बाँडफाँड

शनिबार, २४ फागुन २०८१, ११ : ३१
शनिबार, २४ फागुन २०८१

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१०० अंकित दरमा १८,४५,००० कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो । 

सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत कुल १८,१७,१४८ जना आवेदकहरूबाट २,२४,४६,३५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको र सो मध्ये १०,३८६ जना आवेदकबाट १,७१,९६० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरू रद्द गरि जम्मा १८,०६,७६२ जना आवेदकलाई गोलाप्रथा मार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कूल २२,५०,००० कित्ता साधारण शेयरको १०% अर्थात् २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई, ३ प्रतिशत अर्थात् ६७,५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् १,१२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८,४५,००० कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप