‘महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुन्छ’
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुनसक्ने बताएकी छन् । शनिबार काठमाडौँमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै राणाले ठुला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो ।
उपसभामुख रानाले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको जिकिर गरिन् । उपसभामुख रानाले भनिन्, ‘हामीले ठुलो ठुलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरू एकताबद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’
यसै गरी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताइन् । कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको उनको भनाई थियो ।

उपाध्यक्ष घिमिरेले भनिन्, ‘कानुन बनाउने कुरामा हामी अगाडि छौँ । त्यही कानुनलाई, संविधानलाई कसरी बुझेका छौँ । एउटा मात्रै उदाहरण राख्न चाहन्छु । हाम्रो संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एक जना भन्यो । तर त्यहाँ वा र र को शब्दमा व्याख्या गर्यौँ । पालिकाको प्रमुख र उपप्रमुखमा एक जना महिलाको व्यवस्था गर्यौँ तर त्यसको व्याख्या कसरी गरेका छौँ ? संविधान र कानुनमा लेखिएका कुराहरूलाई ती हिजोका अभ्यास र कतिपय व्यवहारमा लागू हुँदा कसरी लागू गर्ने भन्ने कुराहरू सम्बन्धित निकायमा सम्बन्धित प्रतिनिधिहरूको हातमा हुँदो रहेछ । त्यसलाई सही ढङ्गले वा बेठिक ढङ्गले व्याख्या गर्ने भन्ने कुरा हुन्छ । त्यसैले यस्ता कुराहरूमा समेत कानुनी हिसाबमा कानुनलाई कसरी लागू गर्ने भन्ने कुरा तपाईं हाम्रो हातमा छ । हामी अहिले मुख्य जिम्मेवारीमा छौँ । कानुन निर्माणको थलोबाट पनि हामीले महिला आन्दोलन र अधिकारसँग जोडिएका प्रस्तावहरू अघि बढाइरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण