नयाँ प्रशिक्षकका लागि पूर्वराष्ट्रिय हेड कोचसहित ७० जनाको आवेदन
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अबको केही दिनमा नै नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षकको नियुक्ति गर्ने तयारी गरेको छ । शनिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिएका हुन् ।
अहिले करिब ७० जनाले आवेदन दिएको र तीमध्ये दुई जना पूर्वराष्ट्रिय हेड कोच पनि रहेको क्यानले जनाएको छ । क्यानले फागुन ३ गते पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।
यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो । सूचना अनुसार इच्छुक व्यक्तिले फेब्रुअरी २८, २०२५ सम्म आवेदन बुझाइ सक्नुपर्ने थियो। आवेदकले ईसीबी/सीए लेभल ३ वा सो सरहको एक्रिडेसन हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख थियो ।
त्यस्तै, पाँच वर्ष व्यावसायिक क्रिकेटमा प्रशिक्षणको अनुभव हासिल गरेको हुनुपर्ने बताइएको छ । यसमा आईसीसीको पूर्णकालीन सदस्य, फर्स्ट क्लास टोली र आईसीसी एसोसिएट टोलीको प्रशिक्षण गरेको हुनुपर्ने सर्त समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण