नयाँ प्रशिक्षकका लागि पूर्वराष्ट्रिय हेड कोचसहित ७० जनाको आवेदन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अबको केही दिनमा नै नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षकको नियुक्ति गर्ने तयारी गरेको छ । शनिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिएका हुन् ।
अहिले करिब ७० जनाले आवेदन दिएको र तीमध्ये दुई जना पूर्वराष्ट्रिय हेड कोच पनि रहेको क्यानले जनाएको छ । क्यानले फागुन ३ गते पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।
यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो । सूचना अनुसार इच्छुक व्यक्तिले फेब्रुअरी २८, २०२५ सम्म आवेदन बुझाइ सक्नुपर्ने थियो। आवेदकले ईसीबी/सीए लेभल ३ वा सो सरहको एक्रिडेसन हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख थियो ।
त्यस्तै, पाँच वर्ष व्यावसायिक क्रिकेटमा प्रशिक्षणको अनुभव हासिल गरेको हुनुपर्ने बताइएको छ । यसमा आईसीसीको पूर्णकालीन सदस्य, फर्स्ट क्लास टोली र आईसीसी एसोसिएट टोलीको प्रशिक्षण गरेको हुनुपर्ने सर्त समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता
-
एआईले बनाएको आफ्नो पोप अवतारबारे के भन्छन् ट्रम्प ?
-
युवा नीति संशोधन : उमेर समूह कति उचित ?