महिलालाई अधिकार दिने कुरामा नेपाल अरू देशभन्दा धेरै अगाडि : देउवा
शनिबार, २४ फागुन २०८१, १८ : ११
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरू देशभन्दा धेरै अगाडि रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरू देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अरू देशभन्दा धेरै अगाडी रहेको बताएका हुन् ।
उनले हरेक स्थानीय तहमा अनिवार्य रूपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको धारणा राखे । सभापति देउवाले आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण